Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रामेछापस्थित तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दुर्घटना स्थलमा ६ जनाको शव फेला परेको र ६ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो ।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस नदीमा डुबेको थियो । उद्धार गरि घाइतेलाई अस्पताल लगिएकोमा ६ जनाको उपचारकै क्रममा ज्यान गएको उनले बताए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी कार्य जारी राखेकाले क्षतिको पूरा विवरण आउन सकेको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij