Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनको घर पस्ने चोर बल्ल पक्राउ

बालेनको घर पस्ने चोर बल्ल पक्राउ

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको पुष्टि गरे ।

    AGNI GROUP

    बालेनको घरमा चोरी गर्ने आरोपी नख्खु कारागारबाट फरार कैदी रहेको प्रहरीले बताएको छ ।

    ‘तीन जनालाई पक्राउ गरेका छौं । उनीहरुबाट केही सामानहरु पनि बरामद भएका छन्’ एसपी भट्टराईले भने । पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

    प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको भन्दै थप विवरण बताएको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट