Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बजेटको आकारसँगै प्राथमिकतामा हेरफेर

बजेटको आकारसँगै प्राथमिकतामा हेरफेर

  • काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ का लागि ल्याएको बजेटको आकारसँगै सरकारले प्राथमिकता हेरफेर गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलवार बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आवको शुरुआती विनियोजनभन्दा १ खर्ब ३० अर्ब रुपैयाँले बजेटको आकार घटाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गतवर्षभन्दा सरकारी खर्चमा सुधार आउने देखिए पनि आवको शुरूबाट नै कोभिडका कारण आर्थिक क्रियाकलाप सामान्य हुन नसक्दा त्यसको असर बजेटमा देखिएको बताउँदै उनले बजेटमा राखिएको लक्ष्य घटाउनुपरेको स्पष्ट पारे ।

    AGNI GROUP

    यस अवधिमा कुल बजेट खर्च २८ दशमलव १९ प्रतिशत भएको छ भने राष्ट्रिय गौरवका आयोजनामा छुट्ट्याइएको बजेटमध्ये १५ दशमलव १९ प्रतिशत मात्रै खर्च भएको देखिन्छ ।

    सरकारले चालू वर्षमा बजेटमार्फत लिएका प्राथमिकतासमेत हेरफेर गरेको छ । बजेट ल्याउँदा स्थिर सरकार रहेका कारण निर्वाचन कल्पना नगरिए पनि सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटमा आगामी निर्वाचनलाई प्राथमिकतामा राखेको छ । बजेट समीक्षाको क्रममा मन्त्री पौडेलले दुई चरणमा चुनाव गराउन निर्वाचन आयोगलाई सोमवार मात्रै ७ अर्बको स्रोत सुनिश्चिताका लागि लिखित प्रतिबद्धता गरिदिएको जानकारी दिए ।

    सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने बताएको छ । यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि बजेटमा सरकारले निर्वाचनलाई प्राथमिकताका साथ अघि बढाएको छ । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij