Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कार्यसम्पादन सुधार्न टेलिकमलाई अध्यक्ष भण्डारीको निर्देशन

कार्यसम्पादन सुधार्न टेलिकमलाई अध्यक्ष भण्डारीको निर्देशन

  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अध्यक्ष भण्डारीले वर्तमान हिसाबले काम गर्दा स्थायित्व नहुने बताएका छन् ।उनले टेलिकमले उठाउने राजस्व खर्चको तुलनामा कमजोर रहेको  बताए । 

    AGNI GROUP

    ‘दीर्घकालीन योजना बनाएर काम गर्न जरुरी छ । अहिले जसरी काम भइरहेको छ, यसले लामो समय दीगो हुन सक्दैन । धेरै क्षेत्रमा ब्यान्डविथसहित ठुलो खर्च भइरहेको छ, यसलाई घटाउन सकिन्छ। यदि राजस्व कमाउने सम्भावना छैन भने खर्च कम गर्नुपर्छ,‘उनले भने

    उनले प्राधिकरणले खर्च कम गर्ने उपायमा सल्लाह दिने तयारी रहेको उल्लेख गरे । 

    भण्डारीले दूरसञ्चार प्राधिकरण ऐन छिट्टै नयाँ संसदबाट जारी हुनसक्ने जानकारी दिँदै, टेलिकमलाई फाइभजी परीक्षणमा सहुलियत दिएको भए पनि त्यसपछि थप काम गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij