Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बैंक/बिमा/सेयर २९ अंकले घट्यो नेप्से

बैंक/बिमा/सेयर २९ अंकले घट्यो नेप्से

  •   
    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.०१ अंकले घटेर २५३२.४६ अंकमा कायम भएको छ । मंगलबार १९४ वटा कम्पनीको १ करोड ५९ लाख ८५ हजार कित्ता सेयर ७१ हजार १ सय १२ पटक खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ। 

    onlinepatrika
    Arghakhachi

    आज विकास बैंक र वित्त समूह क्रमशः २५.५२ र १२.७२ अंकले बढेका छन् भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २७४.०३ अंकले घटेको छ। बैंकिङ समूह ९.४२, व्यापार समूह ४९.४९, होटल समूह ३२.८६, जलविद्युत समूह २९.७६ र निर्जीवन बीमा समूह २३७.१४ अंकले घटेको छ। त्यस्तै, उत्पादन समूह ९८.९४, लघुवित्त समूह १२८.२४ र अन्य समूह ३३.६८ अंकले घटेको छ। 

    AGNI GROUP

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij