
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधि सुन आयात सहज बनाउन माग गर्दै राष्ट्र बैंक पुगेका हुन् । राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागू गरेको छ । आयात निर्यात्को कार्यान्वयन फितलो भएको भन्दै त्यसलाई सहज बनाउन सुन व्यवसायीहरुले माग गरेका छन् । प्रावधान अनुसार वाणिज्य बैंकहरुले मात्रै सुन आयात र बिक्री गर्न सक्ने व्यवस्था छ ।
व्यवसायीले राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक वमबहादुर मिश्रलाई भेटेर आफ्ना मागहरु राखेका थिए । हाल वाणिज्य बैंकहरुले सामान्य अवस्थामा २० केजी र चाडवाडका बेला २५ केजी सुन आयात गर्न पाउने व्यवस्था छ ।महासंघका अध्यक्ष मणिकरत्न शाक्यको नेतृत्वमा सुन व्यवसायी राष्ट्र बैंक पुगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij