Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा

काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा

  • काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

    AGNI GROUP

    सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । पक्राउको क्रममा गोली समेत चलाउनु परेको उनले बताए ।

    लुटेराबाट कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ । साथै यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट