
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सनराईज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । विगत १९ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत राणा २०७६ कात्तिकमा सन्राइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी हुन् । संचालक समितिको सोमबार बसेको बैठकले राणालाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । उनले १२ वर्ष उक्त बैंकमा काम गरेकी थिइन् । राणाले बैकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाइमा पु(याउन लागिपर्ने प्रतिबद्घता जनाइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij