Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा

राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा

  • काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार पर्सि बिहान ९ बजेदेखि मतदान सुरु हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपपतिबाट मनोनित हुन् । बाँकी १८ सदस्यका लागि पर्सि निर्वाचन हुँदैछ ।

    AGNI GROUP

    सात वटै प्रदेशमा मतदान केन्द्र छ । यसका लागि आवश्यक साम्रमी निर्वाचन कार्यलयमा पुगिसकेको छ । ‘आवश्यक सम्पुर्ण तयारी पुरा भएको हुनाले माघ ११ गते तोकिएकै समयमा मतदान सुरु हुनेछ,’ उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।

    मतदानको समय माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न पाउनेछन् ।

    राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । मतदान गर्न जाँदा उनीहरूले पाँच किसिमका कागजातमध्ये एउटा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij