Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

  • काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन् । उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकार पाउनुपर्ने पनि अनुरोध गरेका छन् ।

    AGNI GROUP

    उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

    निर्वाचन अधिकृतले जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कैद र कसुरको अभिलेख भएकाले चौधरीको उम्मेदवारी रद्द गरिएको जनाएको थियो । चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij