Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेपाल राष्ट्र बैंकले विदेशी लगानी(रकम) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने

नेपाल राष्ट्र बैंकले विदेशी लगानी(रकम) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने

  • काठमाडौं ।  राष्ट्र बैंकको विदेशी विनिमय विभागले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ तयार पार्दै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नियमावलीमा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योग दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत नेपाल पठाउन वा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकति वा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

    AGNI GROUP

    यसैगरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सो वापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति समेत लिनु नपर्ने तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनुपूर्व तोकिएको ढाँचामा लिखित जानकारी दिए पुग्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij