Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

  • काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नु पर्ने भएकाले बोलाइएको पुष्टि गरे । ‘हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थीले भने ।

    AGNI GROUP

    नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ । उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन ।

    ५ माघमा राप्रपा प्रवेश गरेका नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij