Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडाैं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता तथा सरोकारवालाको सूचना पहुँच सहज बनाउन टोल–फ्री कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
आयोगको केन्द्रीय कार्यालय, कान्तिपथबाट सञ्चालनमा आएको उक्त कल सेन्टरमार्फत निर्वाचन प्रक्रिया, मतदाता नामावली, मतदान विधि तथा अन्य निर्वाचनसम्बन्धी जिज्ञासामा प्रत्यक्ष जानकारी प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।
कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । यसका लागि निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरी मतदाता, नागरिक तथा सरोकारवालाले आफ्ना प्रश्न राख्न सक्नेछन् ।
६ वटा डेस्कबाट सेवा प्रदान गरिने उक्त कल सेन्टरमा एकै पटक १५ जनासम्मको फोन कल व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ, जसका कारण फोन होल्डमा पर्नुपर्ने समस्या न्यून हुने आयोगले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij