Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला

कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला

  • काठमाडौं । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन्। ती मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ। ठूला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन् । कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन्।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेसले दैलेख क्षेत्र नं. १ मा बासना थापालाई उम्मेदवार बनाए पनि दोस्रो ठुलो दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले महिला उम्मेद्वार बनाएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायत र डोल्पामा देवसी ऐडीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानमा अनिसा नेपालीलाई टिकट दिएको छ। कठायत र नेपाली बअघिल्लो पटक समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए।

    AGNI GROUP

    सुर्खेत क्षेत्र नं.२ बाट नेपाल मजदुर किसान पार्टीले तुलसी खड्का र सुर्खेत क्षेत्र नं. १ बाट नेकपा माओवादीले हिरु शाहीलाई उम्मेदवार बनाएको छ। आम जनता पार्टीले रुकुम पश्चिममा प्रेमा दमाइ, दैलेख क्षेत्र नं. १ मा मेनका श्रेष्ठ र २ मा तीर्थाकुमारी बंशीमगर (विक)लाई उम्मेदवार बनाएको छ। राष्ट्रिय जनमोर्चाले सल्यानमा कमला डाँगी र नेपाल मितिेरी पार्टीले डोल्पामा जुनु भण्डारीलाई उम्मेदवार बनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij