Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धरानमा बस दुर्घटना- ५ जनाको मृत्यु

धरानमा बस दुर्घटना- ५ जनाको मृत्यु

  • काठमाडौं । धरानमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्कुल बस भए पनि बसमा विद्यार्थी भने नभएको धरानका प्रहरी प्रमुख डिएसपी भीषणबाबु राईले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    धरान १३ स्थित जिरो प्वाइन्ट क्षेत्रमा बस दुर्घटना भएको हो । भेडेटारबाट धरानतर्फ गइरहेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

    AGNI GROUP

    बसले सडक छेउमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसलमा समेत क्षति पुगेको छ ।

    दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू बसभित्र सवार थिए वा बाहिर रहेका थिए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनासम्बन्धी थप जानकारी संकलन गर्ने काम भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट