Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।
निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ,डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हाे ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३.९२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १.३७ रुपैयाँले घटेर आएको जानकारी दिएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५६ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३६ भएको निगमले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij