Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पुस महिनाको अन्तिम दिन जाडो बढेको छ । आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ ।
आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो ।
आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो ।
आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जनकपुर र चन्द्रगढीमा सबैभन्दा धेरै ९ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij