Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन्।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरीक्षक बमले उल्लेख गरे। प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन।
प्रहरी निरीक्षक बमका अनुसार बस आज दिउँसो करिब १२:३० बजेतिर दुर्घटना भएको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij