Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सरकारी कार्यालयको साइट ह्याक गरेको आरोपमा दुई जना पक्राउ

सरकारी कार्यालयको साइट ह्याक गरेको आरोपमा दुई जना पक्राउ

  • काठमाडौं । निर्वाचन आयोगसहित विभिन्न सरकारी कार्यालयको साइट ह्याक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले ह्याक गरेको आरोपमा झापाका २० वर्षीय सन्तोष चिमरिया र १९ वर्षीय विकास पौडेललाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूमाथि नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोग लगायतका साइटकमा पहुँच पुर्‍याएको आरोप छ । यी निकायबाट उजुरी निवेदन दिएपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको एसपी दीपकराज अवस्थीले जानकारी दिए । पछिल्लो समय सिएमडी नेपाल, नेपाली फर नेपाल लगायतका समूहहरूले घटनाको जिम्मा लिएका थिए ।

    AGNI GROUP

    यस्ता घटनामा चिमरिया र पौडेलको संलग्नता खुलेको प्रहरीले जनाएको छ। उनीहरूबाट ल्यापटप चार वटा, १० वटा एन्ड्रोइड मोबाइल, एउटा आइफोन, एउटा फिचर फोन, हार्डड्राइभ एउटा र रिपिटर एउटा बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij