Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । रोजगारीका लागि कोरिया जान भाषा पास गरेर बसेका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन् । १० हजार भन्दा बढी रोष्टरमा रहेको युवाहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै युवाहरुले ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न ९ बुँदे माग राखेका छन् ।
२०२२ देखि इपीएस प्रणालीमा अत्याधिक विद्यार्थी भाषा परीक्षा पास गराउने रणनीतिको कारण रोस्टरमा चाप वृद्धि भएको र कोरियालाई चाहिने आवश्यकता भन्दा तीन गुणा पास गराएर ३ तिहाईको १ तिहाई कोरिया लाने प्रवृतिको कारण रोस्टरमा पासरहरु अलपत्र पारेको उनीहरुको आरोप छ ।
आन्दोलित विद्यार्थीहरुका अनुसार सन् २०२२ देखि भाषा परीक्षा उतीर्ण भएदेखि २०२६ सम्म आइपुग्दा कोरिया नपुगेका संख्या १५ हजारको हारहारीमा छ । तर यो समस्या इपीएस कार्यालय र एचआरडीले सिर्जना गरेको उनीहरुको आरोप छ ।
न्याय खोज्न पासरहरुले पटकपटक ज्ञापनपत्र बुझाए पनि चासो नदेखाएपछि आफूहरुको माग कार्यान्वयन गर्न आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।
सीवीटीको फाइल नयाँ कम्पनीमा नपठाउने र रोस्टर सकिदै गरेका कृषि र सिपको फाइल एकचोटी पनि कम्पनीमा नपुगी २ वर्षको रोस्टर अवधि समाप्त हुन लागेको र रोस्टर थप गर्नुपर्ने र सेक्टर परिर्तन गरेर भएपनि कोरिया लैजानुुपर्ने उनीहरुको मााग छ ।
पटक पटक भाषा परीक्षा गर्ने पास गराउने फर्म भर्न लगाउने तर कोरिया नलाने अवस्थाको कारण युवाहरुको भविस्य र सपना डामाडोल र अन्योल भएको मागहरु पुरा नहुन्जेल आन्दोलन निरन्तर रहने उनीहरुको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij