Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

गाउँपालिकाले शुरु गर्‍यो ‘छोरी बचत खाता’

गाउँपालिकाले शुरु गर्‍यो ‘छोरी बचत खाता’

  • रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा खड्को खाता खोलेर छोरी बचत खाताको थालनी गरेको हो । कृषि विकास बैंकमा खोलेको उनीको बचत खातामा गाउँपालिकाले ५ हजार जम्मा गरिदिएको छ ।  
     
    गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेभन्दा पछाडि जन्मिएका सबै छोरीहरुको बचत खाता खोलिदिने भएको छ । सिस्नेले साउन पछाडि जन्मेका गाउँपालिका क्षेत्रभित्रका सबै छोरीहरुको बचत खाता खोलिदिने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।  गाउँपालिकाले सबै छोरीको खातामा रु।५÷५ हजार रुपैयाँ जम्मा गरिदिनेछ । 

    images
    images
    images

    छोरी बचत खाताको लागि गाउँपालिकाले मापदण्ड पनि निर्धारण गरेको छ । महिलाले  अनिवार्य ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र  जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

    सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिस लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलीदिने उहाँले  भयो । उहाँका अनुसार यो खाता मुद्दती हुनेछ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्न पाइने छ । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । २० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैं चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ ।

    स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बचत कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने उद्देश्यले सो अभियान थालेको गाउँपालिका अध्यक्ष बरालको भनाई छ । छोरी बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij