Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता

शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता

  • काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शाक्यले बुधबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री घिसिङसँग भेट गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार भेटका क्रममा मन्त्री घिसिङले प्राधिकरणका आगामी काममा कुनै सम्झौता नगरी पूर्ण क्षमताका साथ अघि बढ्न सुझाव दिएका थिए ।

    AGNI GROUP

    उनले अहिले प्राधिकरणलाई परिणाममुखी काम आवश्यक भएको भन्दै आफू नतिजामा विश्वास गर्ने मन्त्री भएको टिप्पणी गरे ।

    भेटमा कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग सहकार्यमै काम गरेको स्मरण गर्दै यसपटक पनि त्यसमा कुनै समस्या नहुने विश्वास व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट