Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा आज बिहान भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट तल खोलामा खस्दा दुर्घटना भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार बिहीबार बिहान करिब ३ बजे दुर्घटना भएको हो । बसमा ३८ जना सवार रहेका थिए । दुर्घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल लगिएको छ ।

    AGNI GROUP

    दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालकका प्रारम्भिक बयानअनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई पुलबाट तल खसेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट