Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

  • काठमाडौं । समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दल दर्ताको निवेदन दिएका छन् । निवेदन दिने समय आजसम्म छ ।

    onlinepatrika
    Arghakhachi

    २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा समानुपातिक तर्फ निर्वाचन लड्न चाहने दलले यही मंसिर २१ गतेदेखि आजसम्म दल दर्ताको निवेदन दिनुपर्ने कार्यतालिका छ ।

    AGNI GROUP

    कार्यतालिका अनुसार पहिलो दिन ३३ दल र दोस्रो दिन ३४ दलले निवेदन दिएका छन् । आज कति दल थपिन्छन् उनीहरूले २१ फागुनको निर्वाचनमा समानुपतिकतर्फ निर्वाचन लड्न पाउनेछन् ।

    प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका छ । आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय छ ।

    प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

    प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ ।

    प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij