
Apr 02 2025 | २०८१, चैत २० गते
‘डिसेम्बर फल्स’ फिल्मको मुख्य भुमिकामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी रोमान्स गर्ने भएका छन् । ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘कबड्डी कबड्डी कबड्डी’ पछि नयाँ फिल्म साइन गरेकी थिइनन् । उनले मंगलवार ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन् । यो फिल्म आउँदो माघ ४ गतेबाट छायांकनमा जानेछ ।
प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको फिल्ममा रवि नाइडुको छायांकन रहनेछ ।
लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा विपिका खनालले लेखेकी हुन् । फिल्ममा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध घटना तथा समस्यालाई देखाइने बताइएको छ । ०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । फिल्मको छायांकन कााठमाडौं र पोखरामा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij