Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

४८ अंकले बढ्यो सेयरबजार, १० अर्ब ४४ करोडको खरिदबिक्री

४८ अंकले बढ्यो सेयरबजार, १० अर्ब ४४ करोडको खरिदबिक्री

  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयरबजारमा उच्च अंकको वृद्धि देखिएको छ। बजार परिसूचक नेप्से ४८.७४ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५.३० अंकले बढेको हो। दिनभरिमा ८७ हजार ६ सय ७० पटकको खरिदबिक्रीपछि आज १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ। आज २०२ कम्पनीको १ करोड ७७ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आज ३३ खर्बको बजार पुँजीकरण भएको छ। कुल १२ मध्ये तीन वटाबाहेक अन्य समूहको कारोबार सूचक हरियो छ ।

    AGNI GROUP

    आज हिमालयन डिस्टिलरीको ५३ करोडको सर्वाधिक कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ७६ लाखको, तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाखको, ग्लोबल आईएमईको २९ करोडको र पाँचौँ स्थानमा रहेको छिमेक लघुवित्त विकास बैंकको २६ करोडको सेयर कारोबार भएको छ। आज ३६ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले सेयर मूल्य बढेको छ। ८ कम्पनीको सकारात्मक सर्किट लागेपछि लगानीकर्ताले कमाएका छन्। यसबाहेक गुमाउने लगानीकर्ताले ६।२७ प्रतिशतले गुमाएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij