Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बारामा सञ्चालनमा रहेको एक पानी कम्पनीका सञ्चालक मृत भेटिएका छन् । पर्सौनी गाउँपालिकास्थित भलुही चौकमा रहेको ‘निर पानी कम्पनी’का मेनेजर रामकिशोर सिंह मृत अवस्थामा फेला परेका हुन् ।
सर्लाही धनकौलका ५५ वर्षीय सिंहको घाँटी रेटिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरी घटनाको सूक्ष्म छानबिन गरिरहेको जनाएको छ । घना बस्तीभित्र रहेको कम्पनीका सञ्चालकमाथि यस्तो निर्मम आक्रमण गर्ने जोसुकै भए पनि छिट्टै पक्राउ पर्नेमा आफूहरू विश्वस्त रहेको एसपी कुँवरले बताए ।
दोषीहरू फरार हुन नपाओस् भनेर सिमानाका क्षेत्रमा सिभिल लगायतका सुरक्षाकर्मी व्यापक रुपमा तैनाथ गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij