Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत

बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत

  • काठमाडौँ । यस वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रु ५० हजार राशि नगदसहित प्रदान गरिएको छ । एकीकृत नमूना कृषि फार्म तथा अन्य सेवाका माध्यमबाट किसानसम्म पुगेर उनीहरुको क्षमता विकास र आयस्रोत वृद्धिका लागि निरन्तररुपमा कटिबद्ध रही कृषि क्षेत्रको उत्थानमा पु¥याएको योगदानस्वरुप सो पुरस्कार प्रदान गरिएको हो ।   

    onlinepatrika
    Arghakhachi

    सहकारीमा संस्थापक अध्यक्ष रही स्व दीक्षितले सर्वसाधारण नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकाले उहाँको योगदानस्वरुप पुरस्कार स्थापना गरिएको हो । विसं २०७५ देखि ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने विभिन्न संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको छ । साझा सेवाको ३६औँ साधारणसभाका अवसरमा शुक्रबार यहाँ आयोजित समारोहमा सो पुरस्कार सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले पुरस्कृत संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई वितरण गर्दै साझा सेवा सहकारीले सञ्चालन गरेको सेवाबाट सर्वसाधारण लाभान्वित भएकामा खुशी व्यक्त गर्नुभयो । 

    AGNI GROUP

    रजिष्ट्रार पाण्डेले समाजमा छरिएका स–साना पूँजी सञ्चय गरी सहकारीले सामुदायिक विकासमा सहयोग गर्नसक्ने बताउँदै यस्ता पुरस्कारले सहकारीको उत्थान र विकासमा थप सहयोग र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा साझा सेवाका अध्यक्ष नेत्रबहादुर भण्डारीबाट साझा सेवाले आफ्नो व्यावसायिक सेवा सर्वसाधारणमा पु¥याउँदै सहकारीका माध्यमबाट विशिष्ट सेवा पु¥याउने सहकारी संस्थालाई नगद पुरस्कारसहित सम्मान गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । 

    राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेललगायतले बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित स्व दीक्षितले साझा सेवा तथा सहकारीका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सहकारीका माध्यमबाट आम नागरिकलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने बताउनुभयो । विसं २०२६ देखि निरन्तररुपमा सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पु¥याउँदै आएको उक्त सांस्थाले अनुदानित मल, ग्यास, सिमेन्ट तथा इन्धनको बिक्री वितरण तथा ढुवानीमा समेत सेवा केन्द्रित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij