Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो ।
एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो ।
त्यससँगै बारा प्रशासनले बुधबार दिनभर सिमरा क्षेत्रमा कर्फ्यू जारी गरेको थियो । आज बिहीबार बिहान १० बजेदेखि नै जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै उनीहरूले प्रदर्शन जारी राखेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij