Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

’ग्यास गन लेगगार्ड ’ सहित एक जना पक्राउ

’ग्यास गन लेगगार्ड ’ सहित एक जना पक्राउ

ढुंगानाको साथबाट प्रहरीले एउटा ग्यास गन, एउटा मोबाइल र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड पनि बरामद भएको छ ।

  • काठमाडौं  । काठमाडौं बाट ग्यास गन सहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज  छन् ।

    onlinepatrika
    Arghakhachi

    ढुंगानाको साथबाट प्रहरीले एउटा ग्यास गन, एउटा मोबाइल र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड पनि बरामद भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले ग्यास गन प्रयोग गर्छ । यसबाट अश्रुग्यास प्रहार हुन्छ । प्रहरीले पाएको विशेष सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो ।

    AGNI GROUP

    उक्त टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । भदौ २४ गते काठमाडौं उपत्यकासहित देशभरिबट १२ सय भन्दा बढी हातहतियार लुटिएका थिए ।

    त्यसमध्ये अधिकांस हतियार फिर्ता भइसकेको प्रहरीको भनाइ छ । यद्यपि सुरक्षा निकाय तथा गृह मन्त्रालयले कति हतियार फिर्ता भएको भन्ने तथ्यांक सार्वजनिक गरेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट