Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेप्से आज बढेको छ । आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१. १४ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ मा कारोबार भएको थियो ।
आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सामुदायिक लघुवित्त, गोर्खा फाइनान्स, पन्चकन्यामाई हाइड्रो, पिपुल्स पावर र तेर्हथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज खानीखोला हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको ३४ करोड ३० लाख बराबरको कारोबार भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij