Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सेयर बजारलाई रोकेन आम हड्तालले, सूचक आठ अंकले बढ्दा साढे सात अर्बको कारोबार

सेयर बजारलाई रोकेन आम हड्तालले, सूचक आठ अंकले बढ्दा साढे सात अर्बको कारोबार

  • काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार ८.३४ अंकले बढेको छ । 

    images
    images
    images

    नेप्से परिसूचक ०.३४ प्रतिशतले बढ्दा बजार २ हजार ४ सय ७५.२६ विन्दुमा पुुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन सेन्सेटिभ परिसूचक पनि १.६ अंक अर्थात ०.३७ प्रतिशतले बढेको छ । यस दिन बजार ४ सय ५४.०२ विन्दुमा पुुगेको छ ।

    कुल २ सय १ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँमा किनबेच भएका छन् । 

    १२ उपसमूहमध्ये यस दिन ६ वटा समूहको सूचक घटेको छ भने बाँकी ६ वटामा हरियाली छाएको छ । यस दिन लघुवित्तका लगानीकर्ताहरूलाई फाइदै फाइदा भएको छ । 

    कारोबारका आधारमा बिहीवार सूर्योदय लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी नाफा कमाएको छ ।  यस कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् । 

    यस्तै समिट लघुवित्त वित्तीय संस्थाले ९.९९ प्रतिशत नाफा कमाउँदा जनउत्थान सामूदायिक वित्तीय संस्थाले पनि ९.९९ प्रतिशत नै नाफा कमाएको छ । बिहीवार प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३.४६ प्रतिशत गुमाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij