
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौ । बिहीवारको शेयर कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक रकमको कारोबार सँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । उक्त कम्पनीले कुल ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।सञ्चित मुनाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
७ करोड ९२ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्नेछ । लाभांश सार्वजनिक भएदेखिनै लगानीकर्ताको उच्च आकर्षण देखिएकोमा बिहीवार कारोबारको शुरु भएको डेढ घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम मूल्य रू। ३ हजार ७४५ कायम भएको हो । बिहीवार कारोबारको डेढ घण्टाको अवधिसम्म शेयर बजार ५ दशमलव ९९ अंक बढेको छ भने रू। २ अर्ब ४३ करोड ९७ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij