Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरु चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन् ।
विहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तैः भएकोसमेत भएको सापकोटाले बताए ।
४३ औं ‘विश्व खाद्य दिवस’ तथा ‘विश्व भोक दिवस’ को अवसारमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा पूर्वसभामुखसमेत रहेका सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचानमा सहभागि हुने र अरु सबै दलहरु पनि सहभागि हुनुपर्ने धारणा राख्दै भने, ‘हामी तयार छौं, अरु कुनै पनि दल त्यसबाट भाग्न पाईदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ ।’ उनले वर्तमान अन्तररिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए ।
आफ्ना पार्टीका नेता कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गरेको विषयतिर इंगित गर्दै सापकोटाले भने, ‘सरकारले मुख्य जिम्मेवारी र वास्तविक अपराधीहरुलाई कारबाही गर्नेभन्दा परिवर्तनकारीहरुतिर निशाना सोझ्यानुले यसको नियत प्रष्ट भएको छ ।’
जेनजी आन्दोलनमा घुसपैठ गरेर महत्वपूर्ण भौतिक संरचनाहरू ध्वस्त पारिँदा सुरक्षा निकायको कमजोरी भएको बताउँद भने, ‘जनतको करबाट तलब खाने नेपाली सेनाले आफ्नै आँगानमा भएको सर्बोच्च अदालत र सिंहदरबा किन जोगाउन सकेन ? उसमाथि प्रश्न उठेको छ ।’ उनले नेपाली सेनाले आफ्नो बचाउ हैन उसले जनतालाई हरेक प्रश्नको उत्तर दिनुपर्ने सापकोटाले बताए ।
कार्यक्रममा सापकोटाले खाद्य उत्पादन गर्ने जीवन रक्षक किसानलाई अपमान नगर्न चेतावनी दिए ।
सो कार्यक्रममा माओवादी युवा नेता तथा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले किसानहरुलाई काठमाडौं महानगर प्रमुख बालेन साहले होच्याएकोप्रति आक्रोश व्यक्त गरे ।
पूर्वमन्त्रीसमेत रहेका श्रीपालीले दलित, मजदुर, किसान तथा उत्पीडित जनतालाई होच्याएको बताउँदै भने, ‘प्रचण्डले बगैँचाको सुन्दर फूल भन्नुभयो तर बालेनरूपी फूल विषादीकोरुपमा व्यक्त भयो त्यसलाई नेपाली जनताले चिन्नुपर्छ ।’
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले ४३ औं विश्व खाद्य दिवसभन्दा पनि विश्व भोक दिवसकारुपमा मनाएको जनाएका छन् ।
श्रेष्ठले करोडौं जनताको भोक मेटाउने र जीवन दिने किसानलाई होच्याउने कार्य निन्दनीय भएको बताए । महासंघका महासचिव नेहन्द्र खड्काले बालेन साहले किसानलाई ‘फोहोर’ शब्द प्रयोग गरेर होच्याएकोले तत्काल माफि माग्नुपर्ने धारणा राखे ।
अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष प्रकाश श्रेष्ठले बालेन्द्र शाह हरेक पटक अँध्यारा कोठामा बसेर जनताविरुद्धमा षड्यन्त्र नगर्न र किसानहरुलाई अपमान नर्गन चेतावनी दिए । सो कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेल, उपाध्यक्ष पदम विश्वकर्मा, किसान महासंघका उपाध्यक्षहरु मिना तामाङ, श्रीगोविन्द महर्जन, कृर्षि अर्थ विज्ञ शिब अधिकारीलगायतका नेताहरुको उपस्थिति रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij