Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौँ । राप्रपाले सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा जेनजीका माग पुरा नभएसम्म संसद पुनर्स्थापना गर्न नहुने धारणा राखेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सबैभन्दा पहिला जेनजीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन, विदेशमा रहेका नेपालीका लागि अनलाइन मतदान प्रणालीको व्यवस्था लगायतका विषय टुंगो लगाउनुपर्ने धारणा बैठकमा राखेको बताएका छन् ।
प्रवक्ता शाहीले सभामुख घिमिरेलाई यी बुँदाहरूमा राष्ट्रिय सहमति जुटाउन, राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन र कार्यान्वयनको दिशामा अघि बढ्न मार्गप्रशस्त गर्न निर्णायक पहलकदमी लिनका लागि सुझाब दिएको बताउदै यी विषयको टुंगो नलागेसम्म संसद पुन:स्थापनाको कदम पूर्ण रूपमा अर्थहीन हुने आफुहरुको ठहर रहेको बताएका छन् ।
सभामुख घिमिरेले बोलाएको आजको बैठकमा नेकपा एमाले संसद पुनर्स्थापनाको पक्षमा उभिएको छ । एमालेका नेता महेश बर्तौलाले संसद पुनर्स्थापना गरेर संबिधान संशोधन मार्फत जेनजीका माग पुरा गर्ने र निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij