Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

सैन्य तालिम सम्पन्न

सैन्य तालिम सम्पन्न

  • काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न १९ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २,१०२ जना पुरुष तथा ३४९ जना महिला गरी कुल २,४५१ जना सैन्यहरू दीक्षित भएका छन् ।

    AGNI GROUP

    तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक श्री ध्रुव प्रकाश शाह लगायत विभिन्न तालिम केन्द्र, पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले  कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

    सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधिहरू, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट