Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

तोसिमाको रास्वपा नेतृत्वलाई चेतावनी- हिम्मत छ भने विशेष अधिवेशन गर, बुलि र मिडिया ट्रायल नगर

तोसिमाको रास्वपा नेतृत्वलाई चेतावनी- हिम्मत छ भने विशेष अधिवेशन गर, बुलि र मिडिया ट्रायल नगर

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवाद रोकिने संकेत लिएको छैन । सुमना श्रेष्ठले पार्टी छोडेपछि अब निशानामा डा. तोसिमा कार्कीलाई बनाइएको छ ।तोसिमाले आफुलाई निशाना बनाइएको विषय सामाजिक सञ्जालमा लेखेकी छन् । उनले आफुलाई पार्टी छोड भनेर मिडिया ट्रायल गरिएको भन्दै आफुले पार्टी नछोड्ने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोजिएको बताएकी छन् । 

    AGNI GROUP

    उनले हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस् भन्ने चुनौती दिदै पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट आफुसँग रहेको बताएकी छन् ।

    उनले भनेकी छन्- 

    पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ ,समय सापेक्षिक रुपान्तरण गरौँ भनि जिम्मेवारपुर्ण तरिकाले राजनितिक बिषय उठान गर्दा गेट आउट भनेर बुलि गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।

    कहिले राजिनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने ?

    हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर- लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग । यहि आन्दोलनमै पनि प्रहरीको गोलीबीच हिँडेको मान्छे हो । तिमिहरुको प्रोपागाण्डा र हेपाहा बोली सँग रत्तिभर डराउदैन। 

    तिमीहरुले जति नै बुलि र मिडिया ट्रायल गरेपनि राजनितिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पङ्ति छोडेर पनि भाग्दैन । देश बनाउन हिँडेको योद्दा हो । लड्छु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट