Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

नेपाली बजारमा आयो आईफोन १७ सिरिज

नेपाली बजारमा आयो आईफोन १७ सिरिज

  • काठमाडौं । एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज नेपालमा आधिकारिक रूपमा भित्रिएको छ । ९ सेप्टेम्बरमा सार्वजनिक भई १९ सेप्टेम्बरदेखि विभिन्न देशमा बिक्री सुरु भएको यो सिरिज शुक्रबार नेपालमा पनि उपलब्ध भएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले आईफोन १७ सिरिजका विभिन्न भेरियन्ट बजारमा ल्याएको छ । यस सिरिज अन्तर्गत फोनको सुरुवाती मूल्य एक लाख ५७ हजार २९९ रुपैयाँदेखि अधिकतम तीन लाख ९७ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ ।

    AGNI GROUP

    एप्पलले आईफोन १७ सिरिजमा नयाँ मोडेलका रूपमा आईफोन एयर पनि ल्याएको छ । समग्रमा कम्पनीले चार मोडेलका १२ भेरियन्ट नेपाली बजार भित्र्याएको छ ।

    यस सामग्रीमा नेपाली बजारमा उपलब्ध आईफोन १७ सिरिजको मूल्यबारे जानकारी दिँदैछाैँ:

    आईफोन १७

    • २५६ जीबी भेरियन्ट : रु. १,५७,२९९

    • ५१२ जीबी भेरियन्ट : रु. १,९७,९९९

    • उपलब्ध रङ : कालो, सेतो, सेज, मिस्ट ब्लु, लेभेन्डर

    आईफोन १७ एयर

    • २५६ जीबी : रु. २,००,९९९

    • ५१२ जीबी : रु. २,४०,४९९

    • १ टिबी : रु. २,७९,९९९

    • उपलब्ध रङ : क्लाउड ह्वाइट, स्काइ ब्लु, लाइट गोल्ड, स्पेस ब्ल्याक

    आईफोन १७ प्रो

    • २५६ जीबी : रु. २,२०,९९९

    • ५१२ जीबी : रु. २,५९,९९९

    • १ टिबी : रु. २,९९,९९९

    • उपलब्ध रङ : कस्मिक अरेन्ज, डिप ब्लु, सिल्भर

    आईफोन १७ प्रो म्याक्स

    • २५६ जीबी : रु. २,३९,९९९

    • ५१२ जीबी : रु. २,७९,९९९

    • १ टिबी : रु. ३,१९,९९९

    • २ टिबी : रु. ३,९७,९९९

    • उपलब्ध रङ : कस्मिक अरेन्ज, डिप ब्लु, सिल्भर

    योसँगै नेपाली उपभोक्ताले अब आईफोन १७ सिरिजका सम्पूर्ण मोडल आधिकारिक मूल्यमा नेपालमै पाउन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट