Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँमा डेंगु संक्रमण फेरि बढ्दै

काठमाडौँमा डेंगु संक्रमण फेरि बढ्दै

  • काठमाडौं । पछिल्ला वर्षहरूमा काठमाडौँमा डेंगु संक्रमण घटबढ भइरहे पनि यो वर्ष संक्रमण फेरि बढ्न थालेको छ । काठमाडौँ महानगरपालिकाभित्र यो वर्ष ९पुसदेखि अहिलेसम्म० २४८ जनामा डेंगु पुष्टि भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार सन् २०२२ मा काठमाडौँभित्र ९ हजार ८८६ जनाको परीक्षणमा डेंगु पुष्टि भएको थियो। त्यसपछि सन् २०२३ मा १ हजार ७१४ जनामा सन् २०२४ मा २ हजार ९८४ जनामा र हालसम्म सन् २०२५ मा २२७ जनामा संक्रमण देखिएको छ ।

    AGNI GROUP

    यद्यपि अस्पतालको तथ्यांकमा संक्रमितको ठेगानामा पालिकाको नाम छुटेको भए पनि अधिकांश संक्रमित काठमाडौँ महानगर क्षेत्रका रहेको उल्लेख छ ।

    महानगरपालिकाका महामारी रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार काठमाडौँमा पहिलो पटक सन् २०१८ (वि.सं. २०७५) मा चमती क्षेत्रमा एक महिलामा डेंगु भेटिएको थियो । त्यसपछि बालाजु क्षेत्रका व्यक्तिमा पनि संक्रमण देखिएको थियो। उनका अनुसार डेंगुको संक्रमण कुनै वर्ष बढी त कुनै वर्ष कम हुने प्रवृत्ति देखिएको छ ।

    डेंगु फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्ने भएकाले काठमाडौँ महानगरले हाल लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्थानीयवासीहरूको सक्रिय सहभागिता छ ।

    देशभर संक्रमण अझै चुनौती

    नेपालमा पहिलो पटक २०६१ सालमा डेंगु देखिएको हो । त्यसयता संक्रमण दर बढ्दो छ । सन् २०२२ मा देशभर ५४ हजार ७८४ जना संक्रमित भएका थिए जसमा ८८ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा ५२ हजार ७९० संक्रमितमध्ये २० जनाको ज्यान गयो । सन् २०२४ मा भने संक्रमितको संख्या घटेर ६ हजार ८३१ पुगे पनि ४ जनाको मृत्यु भयो ।

    त्यसअघि सन् २०१९ मा १७ हजार ९९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो । सन् २०२० र २०२१ मा करिब ५३० देखि ५४० जनामा संक्रमण देखिएको थियो ।

    संक्रमण नियन्त्रणमा महानगरको अभियान

    महानगरले संक्रमण घटाउन लार्भा नष्ट गर्ने कार्यसँगै जनचेतना अभिवृद्धि पनि गरिरहेको छ। डेंगु नियन्त्रणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य भएको महानगरको भनाइ छ । महानगरपालिकाले नागरिकका गुनासा, जिज्ञासा र प्रारम्भिक स्वास्थ्य परामर्शका लागि निःशुल्क ११८० नम्बर पनि सञ्चालनमा ल्याएको छ ।

    लामखुट्टे नियन्त्रणका लागि के गर्न सकिन्छ ?

    घर वरपर सफा राख्ने,

    गमला, टायर, पानी जम्मा हुने भाँडो खाली गर्ने,

    कौसी र बरण्डामा पानी जम्न नदिने र

    सडक र पेटीका खाल्डाखुल्डीमा पानी नजम्ने व्यवस्था गर्ने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट