Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

अर्थ मन्त्रालयमा आजदेखि पूर्ण डिजिटल स्वीकृति प्रणाली लागू

अर्थ मन्त्रालयमा आजदेखि पूर्ण डिजिटल स्वीकृति प्रणाली लागू

  • काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल स्वीकृति प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालयले कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली लागू गरिएको बताए ।

    AGNI GROUP

    उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ । यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।

    डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कर्मचारीले हातले गर्ने कागजी प्रक्रिया अन्त्य हुनेछ भने सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने अर्थ मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट