Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

मधेश प्रदेशका मुख्यमन्त्री सिंह अल्पमतमा

मधेश प्रदेशका मुख्यमन्त्री सिंह अल्पमतमा

  • काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह अल्पमतमा परेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका हुन्। बुधबार कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसले समर्थन फिर्ता लिएपछि मधेश सरकारलाई अहिले एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७ र मुख्यमन्त्री सतीशकुमार सिंह गरी ३२ सांसदको मात्र समर्थन छ । मुख्यमन्त्री सिंहको जनमत पार्टीले पनि आफ्नै दलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेस सभामा बुझाइसकेको छ । मंगलबारको प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री सिंहबाहेक जनमतका सबै सांसद विपक्षी बेञ्चमा बसेका थिए ।

    AGNI GROUP

    कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको विपक्षमा ७२ सांसद देखिएका छन् । जसमा कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जनमतका १२, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको एक-एक गरी ७२ सांसद विपक्षमा छन् । सरकार अल्पमतमा परेपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुनः सरकारको प्रक्रिया अगाडि बढ्ने भएको छ ।

    राजीनामा दिन अस्वीकार गर्दै आएका र विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सिंहको रणनीतिमा कांग्रेसले समर्थन फिर्ता लिएपछि धक्का पुगेको छ । 

    नयाँ परिस्थितिमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा जुटेको छ भने एमाले र लोस्पा पनि सरकारको नेतृत्व गर्ने गरि गठबन्धन बनाउन जुटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट