
Apr 10 2025 | २०८१, चैत २८ गते
एजेन्सी – कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गर्दा २ हजार ७ सय पाउन्ड नेपाली ४ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको हो ।
मेस्सीले ओसासुनाविरुद्ध पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेपछि डिएगो म्यारोडोनाले नेवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिँदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गर्दै आफ्नो गोल समर्पण गरेका थिए । यस्तै मेस्सीले दुवै हात आकाशतिर फर्काउँदै माथि हेरेका थिए ।
तर, मेस्सीको यो मन छुने गोल सेलेब्रेसन बार्सिलोनाको लागि महँगो परेको छ । स्पेनिस फुटबल फेडेरेसनले मेस्सीको यो शैलीलाई गलत भनेका छन् । ‘खेलाडीलाई गोल समर्पण गर्न पाइन्छ, तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने’ नियम स्पेनमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij