Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनलाई हर्कको जवाफ : लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ

बालेनलाई हर्कको जवाफ : लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ

  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश रोएको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हाँस्दै बसेको आरोप लगाएका छन् । 

    onlinepatrika
    Arghakhachi

    बालेन गेम खेल्दै स्टाटस लेख्नमात्रै तल्लीन रहेको उनको आरोप छ । ‘लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ । देशले कति गुमायो थाहा छ ?’, बालेनलाई प्रश्न गर्दै साम्पाङले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन् । 

    AGNI GROUP

    उनले अगाडि लेखेका छन्, ‘देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’ 

    यसअघि बालेनले हर्कले जति गाली गरेपनि आफूले उनलाई माया गर्न नछाड्ने फेसबुकबाटै बताएका थिए । हर्कलाई फकाउने शैलीमा बालेनले फेसबुकमा लेखेपनि हर्क अझैँ आक्रोशित भएका हुन् । 

    बालेनले लेखेका थिए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ त्यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट