
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय, तथ्य, प्रमाण र नेकपाको विधान लगायतका सबैकुरा राखेर दाबी प्रस्तुत गरिएको जानकारी दिए । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार दुई अध्यक्ष रहेको पार्टी नै आधिकारीक पार्टी भनेर दाबी प्रस्ुतत गरेको उनको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij