Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नवलपरासीमा उखु खेती घट्दै

नवलपरासीमा उखु खेती घट्दै

  • काठमाडौँ । उखुको भुक्तानी समयमा नपाउने समस्याका कारण नवलपरासीका किसानहरुले उखु खेती छाड्दै गएका छन् । तयार उखु क्रसिङ्गका लागि मिल गेटमा लिएर पुग्दा मिलहरुले उखु सस्तो र उधारोमा किन्ने, एक÷एक हप्ता क्युमा राखिदिने झन्झट र क्रसिङ्ग भएसकेपछि पनि भुक्तानीका लागि आलटाल गर्ने समस्याले किसानहरुले उखु खेती छाडदै गएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    विगतमा साढे ४ विगाहा क्षेत्रफलमा उखु खेती गर्दै आएका प्रतापपुर गाउँपालिका ८ निवासी युवराज मौर्य भन्छन्, ‘उखु मिलबाट समयमा भुक्तानी नपाउने समस्याले उखु खेती घटाउँदै हाल १ विगाहा क्षेत्रफलमा छारिएको छ । ऋणधन खोजेर एक बर्ष मिहिनेत गरि उत्पादन गरिएको उखु मिलहरुले सस्तो र उधारोमा लिने चक्करमा हप्तौं मिलको गेटमा लाइन बस्नु पर्ने हुन्छ । जसकारण उखुको तौलपनि घटदै जान्छ ।’ यता क्रसिङ्ग भैसकेको उखुको भुक्तानीका लागि पुर्जी लिएर मिलमा कयांै पटक धौडधुप गरेपनि भुक्तानी नपाउने कारणले उखु खेती छोडी वैकल्पिक खेती तर्फ आकर्षित हुँदै गएको उनले बताए ।  

    AGNI GROUP

    विगतमा साढे ७ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको उखु खेती २०६४ सालदेखि क्रमशः घटदै गएको हो । एक÷एक वर्ष कुराउने समस्या बढ्दै गएपछि किसानहरु थप निरुत्साहित भएको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादव बताए । उनका अनुसार अहिले उखु खेती ५ हजार हेक्टर क्षेत्रफलमा झरको र उत्पादन पनि जम्मा १२ लाख क्विन्टलमा सिमित भएको जानकारी दिए ।   
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij