Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

संवैधानिक निकायका पदाधिकारीहरुले लिए पद तथा गोपनियताको सपथ

संवैधानिक निकायका पदाधिकारीहरुले लिए पद तथा गोपनियताको सपथ

  • काठमाडौं । सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ खुवाएका हुन् ।

    त्यस्तै विभिन्न आयोगका सदस्यहरुलाई भने सम्बन्धित आयोगका अध्यक्षले सपथ ग्रहण गराएका हुन् । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।

    प्रतिनिधिसभा विघटन भएपछि अख्तियारदेखि मानवअधिकार आयोगसम्म नियुक्त भएका पदाधिकारीको सुनुवाइ भने हुन सकेको थिएन । सुनुवाइ नभएपछि निर्णय भएको ४५ दिनपछि स्वतः नियुक्त हुने व्यवस्थाअनुसार सरकारले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई शपथ खुवाइएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij