
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सुरुवाती पहिलो घण्टा उतारचढाव देखिएको बजार त्यसपछि निरन्तर उकालो लाग्दै ६५.४९ अंकको वृद्धिसहित २४७३ अंकमा बन्द भएको हो । बजार ऐतिहासिक उचाइमा पुगेको दिन कारोबार रकमसमेत करिब साढे आठ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । बजार उच्च अंकले बढेको दिन डेढ दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । होटल समूह बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ६२६ अंकले बृद्धि भएको छ भने जीवन बीमा समूहको ५९४ अंकले बढेको छ ।
माइक्रो फाइनान्सको सूचक १५२ अंकले बढेको दिन अन्य समूहको सूचक ८० अंकले तथा उत्पादन समूह ६१ अंकले बढेको छ । बैंक, व्यापार र हाइड्रोपावर समान ३३ अंक र विकास बैंकको सूचक २८ अंकले बढेको छ । होटल समूहको सूचक भने ६२ दशमलव ०८ अंकले घटेको छ । सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको सूचीमा पुनर्बीमा कम्पनी अग्रस्थानमा छ । कम्पनीको आज ५८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । उच्च अंकले बढेको बजारमा होटल समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सर्वाधिक मूल्य घट्ने कम्पनीको सूचीमा ओरियन्टल होटल अगाडि छ ।
आठ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको दिन २९ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । बाँकी सबै कम्पनीको मूल्य बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij