Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

यो वर्ष सहिद स्मारक ए डिभिजन लिग नहुने

यो वर्ष सहिद स्मारक ए डिभिजन लिग नहुने

  • काठमाडौं । यो वर्ष सहिद स्मारक ए डिभिजन लिग हुने सम्भावना कम देखिएको छ । कोरोना भाइरसका कारण ९ महिना यता आन्तरिक फुटबल ठप्प छ । कात्तिक अन्त्य र यो महिनाको सुरुवातमा राष्ट्रिय फुटबल टोली बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्केको थियो । त्यसबाहेक घरेलु फुटबलका कुनै गतिवधि हुन सकेका छैन । अझै कति समय सुरु हुने भन्नेमा कुनै टुंगो छैन । गत वर्ष फागुनमा ए डिभिजन लिग सम्पन्न भएको थियो । त्यसको अर्को महिना चैत ११ गतेबाट कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेको थियो ।

    images
    images
    images

    लकडाउन पछि निषाधाज्ञा जारी गर्यो । विस्तारै अन्य क्षेत्र खुल्दै गएपछि सरकारले खेलकुदको प्रशिक्षणका लागि भने गत महिना मात्र स्वीकृति प्रदान गरेको थियो । तर, पनि फुटबल सुरु हुने सम्भावना कम देखिएको छ । यो पृष्ठभूमीमा अखिल नेपाल फुटबल (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना तथा ए,बी,सी लिग, जिल्ला लिग र जिल्ला नकआउट फुटबलको ढाचाका विषयमा छलफल चलाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालको उपस्थितिमा एन्फाले छलफल अघि बढाएको बताइएको छ ।

    एन्फा कम्प्लेकस सातदोबाटोमा भएको कार्यक्रममा लिग कमिटीका निर्देशक सञ्जिव मिश्रले राखेप सदस्य सचिव सिलवाललाई लिगका बारेमा जानकारी गराएका थिए । लिग कहिलेबाट शुरु हुने हो त्यसबारे केही उल्लेख गरेको छैन । यद्दपी, एन्फाले देशका विभिन्न ११ शहरमा गरि २०७८ को भदौबाट ए डिभिजन सुरु गर्ने आन्तरिक तयारी गरिरहेको छ । त्यसै वरिपरि एन्फाले छलफल अघि बढाएको बुझिएको छ । यद्दपी कुनै निष्कर्षमा भने पुगेको देखिन्न । एन्फाले कोरोनाका कारण स्थगित बनेको घरेलु फुटबललाई सुचारु गर्ने बताएपनि त्यसले त्यसबारे अझैसम्म पनि ठोस निर्णय निकाल्न सकेको छैन ।

    राखेप सदस्यसचिव सिलवालले लिगसँगै फुटबल गतिविधि सुचारुका लागि योजनबद्ध तरिकाले अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा लिगको संरचनाका साथै, युवा खेलाडीको बिकास र महिला फुटबल बिकासको भावी योजनाबारे पनि छलफल भएको एन्फाले जनाएको छ । कार्यक्रममा राखेप सदस्य समेत रहेका एन्फा महिला विभाग प्रमुख हरि खड्काले महिला फुटबल विकासको योजना, एन्फा उपाध्यक्ष तथा टेक्निकल प्रमुख उपेन्द्रमान सिंहले प्राविधिक पक्ष, हेड अफ इलाइट युथ नविन महर्जनले युवा खेलाडीको विकास तथा रेफ्री डिपार्टमेन्ट हेड गोकुल थापाले पाँच वर्षे रेफ्री योजनाबारे जानकारी गराएको एन्फाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij