Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

कार्यकक्षमै प्रधानाध्यापकद्वारा छात्रामाथि बलात्कार, उजुरीपछि पक्राउ

कार्यकक्षमै प्रधानाध्यापकद्वारा छात्रामाथि बलात्कार, उजुरीपछि पक्राउ

  • काठमाडौं । उदयपुरमा विद्यालयका प्रिन्सिपलले आफ्नै छात्रालाई विद्यालयमा नै जबरजस्ती गरेको रहस्य खुलेको छ । बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षीय प्रिन्सिपल युवराज श्रेष्ठले १४ वर्षीया छात्रामाथि यस्तो कार्य गरेका हुन् । पीडितको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकी ती छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए । 

    AGNI GROUP

    प्रहरीका अनुसार (प्रिन्सिपल) प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन् । उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij