Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ओली पक्षको २३ गतेको जनसभाको तयारी पूरा, तोकियो १६ वटा रुट

ओली पक्षको २३ गतेको जनसभाको तयारी पूरा, तोकियो १६ वटा रुट

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको बागमती कमिटीले माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी पुरा भएको बताइएको छ ।  संसद विघटनपश्चात मध्यावधी निर्वाचन घोषणा गरि नयाँ परिस्थितीमा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा ओली पक्षले जनसभा आयोजना गर्न लागेको हो ।

    images
    images
    images

    र्‍याली तथा जनसभामा आउनेहरुका लागि काठमाडौं उपत्यकाभित्र विभिन्न १६ वटा रुटहरु निर्धारण गरिएको छ ।

    र्‍यालीको लागि बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतिघर, पुतलीसडक, लैनचौर, सोर्‍हखुट्टे, टेकु, बसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका क्षेत्रलाई तोकिएको छ ।

    उक्त सभाका लागि नारा समेत तय गरिएको छ । अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा सभामा प्रयोग गरिने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij